काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय मन्त्री सिता बादीले थारु समुदायका अधिकार, समावेशी प्रतिनिधित्व तथा समसामयिक विषयमा सरोकारवालासँग छलफल गरेकी छन्।
थारु आयोगद्वारा अनामनगरस्थित युनियन हाउसमा आयोजित ‘सरोकारवालासँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले थारु समुदायसँग सम्बन्धित संवैधानिक अधिकार, कानुनी व्यवस्था, समानुपातिक तथा समावेशी प्रतिनिधित्वलगायत विषयमा सहभागीहरूसँग विचार आदानप्रदान गरेकी हुन्।
कार्यक्रममा उठेका सुझावलाई नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले थारु समुदायको अधिकार, सम्मान र समावेशी विकास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
मन्त्री बादीले सबै समुदायलाई समान अवसर र न्याय सुनिश्चित गर्दै समतामूलक विकासलाई सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको धारणा पनि व्यक्त गरिन्।






