६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

अ+ अ-

काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। 

धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको हो ।

दुर्घटनामा बस चालक जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १३ गेटा बस्ने ४२ वर्षीय हरीसिंह महरा, बैतडी सिवास गाउँपालिका ६ खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, जिल्ला डोटी दिपायल सिलगढी नगरपालिका ५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, जिल्ला कैलाली गोदावरी नगरपालिका १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका २ बस्ने ५५ वर्षीया सीतादेवी बादी, जिल्ला डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय विनोद सत्कुली, जिल्ला बैतडी पुरचौडी नगरपालिका ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन विष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट भएका छन् ।

यस्तै,जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, जिल्ला कैलाली घोडाघोडी नगरपालिका ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, जिल्ला चितवन भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, जिल्ला डडेलधुरा गाउँपालिका १ बस्ने ४० वर्षीय केशबहादुर देउवा, जिल्ला दार्चुला नौगाड गाउँपालिका ४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, जिल्ला कैलाली घोडाघोडी नगरपालिका ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा जिल्ला डडेलधुरा गन्यापधुरा गाउँपालिका ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएका छन् ।

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ ।

बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ । 

चालक प्रहरीको नियन्त्रणमा रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments