१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हवाई इन्धन सस्तिएपछि नयाँ भाडादर लागू

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानमा लागू हुने ‘फ्यूल सरचार्ज’ पुनर्निर्धारण गर्दै नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ।

प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि त्यसको प्रभावअनुसार फ्यूल सरचार्ज समायोजन गरिएको हो। नयाँ दर बुधबारदेखि लागू भएको छ भने यसबारे सबै आन्तरिक वायुसेवा कम्पनीलाई जानकारी गराइसकिएको प्राधिकरणले जनाएको छ।

संशोधित व्यवस्थाअनुसार केही गन्तव्यमा फ्यूल सरचार्ज अधिकतम दुई हजार ३३५ रुपैयाँसम्म घटेको छ। नेपालगन्ज-भद्रपुर उडानमा यसअघि १५ हजार ७२५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँ कायम गरिएको छ।

यस्तै, काठमाडौँ-धनगढी उडानमा ११ हजार ८८५ रुपैयाँबाट घटाएर १० हजार १२० रुपैयाँ तथा काठमाडौं–सुर्खेत उडानमा नौ हजार २९५ रुपैयाँबाट घटाएर सात हजार ९१५ रुपैयाँ निर्धारण गरिएको छ। काठमाडौँबाट सञ्चालन हुने माउन्टेन फ्लाइटका लागि लागू फ्यूल सरचार्ज पनि नौ हजार २३५ रुपैयाँबाट घटेर सात हजार ८६० रुपैयाँमा कायम भएको छ।

प्राधिकरणले फ्यूल सरचार्ज कुल हवाई भाडाको एउटा अंश मात्र भएको स्पष्ट गर्दै अन्तिम टिकट मूल्य निर्धारण गर्दा अन्य शुल्कसमेत समावेश हुने जनाएको छ। साथै, प्राधिकरणले तोकेको अधिकतम भाडादरभन्दा बढी शुल्क लिन आन्तरिक वायुसेवा कम्पनीलाई अनुमति नहुने व्यवस्था यथावत् रहेको उल्लेख गरेको छ।

0 Comments