१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलुको परिकारमा साङ्ला भेटिएपछि अदोरा होल्डिङलाई २ लाख ५० हजार जरिवाना

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिका-३, झम्सिखेलस्थित अदोरा होल्डिङमा आलुको परिकारमा साङ्ला भेटिएपछि २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

परिकारमा साङ्ला भेटिएको उजुरीपछि गरिएको आकस्मिक बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्री, लेबलविहीन खाद्यवस्तु तथा अन्य खाद्य सुरक्षा मापदण्ड उल्लंघन भएको भेटिएपछि जरिवाना तिराएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा व्हाट्सएपमार्फत  उजुरी प्राप्त भएपछि विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले बुधबार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा एक लिटरका तीन बोतल फ्रुट सिरपको उपभोग्य मिति सकिएको, लेबलविहीन करिब तीन किलो चाउमिन प्रयोग भएको, कृत्रिम खाद्य रङ प्रयोग गरिएको, प्रयोगपछि राखिएको करिब एक लिटर तेलको टिपिएम मूल्य ३३ रहेको तथा फ्रिजको प्रयोग अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ।

अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार अडोरा होल्डिङलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ। साथै म्याद गुज्रिएका खाद्यवस्तु थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको, उच्च टिपिएम भएको करिब एक लिटर तेल र लेबलविहीन करिब तीन किलो चाउमिन नष्ट गरिएको तथा खाद्य स्वच्छता कायम गर्न र फ्रिजको व्यवस्थित प्रयोग गर्न निर्देशन दिइएको छ।

0 Comments