१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक पारित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाले ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकले प्रस्तावलाई बहुमतले स्वीकृत गर्दै विधेयक पारित गरेको हो।

विधेयक पारित हुनुअघि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि छलफल भएको थियो। त्यसपछि संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण निवारणको कार्यलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताए। उनले त्यसका लागि सम्बन्धित निकायको क्षमता र कानुनी व्यवस्था थप सुदृढ बनाउने दिशामा सरकार अघि बढिरहेको बताए।

मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणका मुद्दामा मात्र सीमित नभई समग्र आर्थिक अपराधको अनुसन्धान र नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसरह अधिकार सम्पन्न ‘आर्थिक अपराध प्राधिकरण’ गठन गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

एउटै स्रोतबाट उत्पन्न आर्थिक अपराधका विषयमा विभिन्न निकायले छुट्टाछुट्टै अनुसन्धान गर्दा राज्यको खर्च बढ्ने, न्यायिक प्रणालीमा अनावश्यक बोझ पर्ने तथा बिगो असुली प्रक्रिया जटिल बन्ने अवस्था रहेको उल्लेख गर्दै उनले त्यसलाई सम्बोधन गर्न कानुनी सुधार आवश्यक रहेको बताए।

0 Comments