२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालश्रममुक्त अभियानमा १३ स्थानीय तह सम्मानित, श्रमिकमैत्री ६ उद्योग र ७ उद्यमीलाई राष्ट्रिय सम्मान

अ+ अ-

काठमाडौँ । सरकारले बालश्रम उन्मूलन, श्रमिकमैत्री कार्यस्थल प्रवर्द्धन तथा स्वदेशमै उद्यमशीलता विकासमा योगदान पुर्‍याएका स्थानीय तह, औद्योगिक प्रतिष्ठान र उद्यमीलाई सम्मान गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले बिहीबार आयोजित कार्यक्रममा बालश्रममुक्त मापदण्ड पूरा गरेका १३ स्थानीय तहलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको हो। सोही अवसरमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट अभ्यास गरेका ६ औद्योगिक प्रतिष्ठान तथा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम सञ्चालन गरिरहेका ७ जनालाई राष्ट्रिय उद्यमी पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले श्रमको सम्मान, बाल अधिकारको संरक्षण र जिम्मेवार रोजगार संस्कृतिको विकास एक अर्कासँग अन्तरसम्बन्धित विषय भएको बताए। उनले श्रमिकले सुरक्षित वातावरणमा काम गर्न पाउने, बालबालिका विद्यालयमा अध्ययन गर्ने, रोजगारदाताले कानुनको पालना गर्ने र युवाले स्वदेशमै भविष्य देख्ने अवस्था सिर्जना भए मात्रै समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राखे।

मन्त्री यादवले बालश्रममुक्त घोषणा गरिएका १३ स्थानीय तहको प्रशंसा गर्दै अन्य स्थानीय तहलाई पनि आवश्यक मापदण्ड पूरा गरी यस्तो अभियानमा सहभागी हुन आग्रह गरे। बालबालिकाको स्थान श्रम बजार नभई विद्यालय र खेलमैदान हुनुपर्ने उल्लेख गर्दै उनले बालश्रम अन्त्यलाई देशव्यापी अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

मन्त्रालयका अनुसार बालश्रममुक्त घोषणा गर्ने स्थानीय तहलाई प्रोत्साहन स्वरूप तीन लाख रुपैयाँ तथा घोषणा सम्पन्न भएपछि थप दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसैबीच, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी २२ वटा सूचकका आधारमा छनोट गरिएका छ औद्योगिक प्रतिष्ठानलाई सम्मान गरेको छ। सम्मानित प्रतिष्ठानमा कैलालीको नवजीवन अस्पताल, पूर्वी नवलपरासीको होङ्सी शिवम् सिमेन्ट, रुपन्देहीको अम्बे स्टिल, हेटौँडास्थित एसियन पेन्ट्स, सिराहाको मारुती सिमेन्ट र सुनसरीको मैनावती स्टिल इन्डस्ट्रिज रहेका छन्। आवेदन नपरेकाले कर्णाली प्रदेशबाट कुनै पनि प्रतिष्ठान छनोट हुन नसकेको मन्त्रालयले जनाएको छ।

मन्त्री यादवले सुरक्षित र सम्मानजनक कार्यस्थलले उत्पादनशीलता अभिवृद्धि गर्ने उल्लेख गर्दै श्रमिकमैत्री औद्योगिक संस्कृतिको विकासमा सरकारले निरन्तर सहजीकरण गर्ने बताए।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै रोजगारी सिर्जना गरेका सात जना उद्यमीलाई ‘राष्ट्रिय उद्यमी पुरस्कार’ प्रदान गरिएको छ। मन्त्रालयका अनुसार ७१ आवेदनमध्ये रोजगारी सिर्जना, पुँजी लगानी तथा स्थानीय स्रोत–साधनको उपयोगलगायतका सूचकका आधारमा उनीहरूको छनोट गरिएको हो। उत्कृष्ट उद्यमीलाई एक लाख ५० हजार रुपैयाँ र अन्य पुरस्कृतलाई जनही ७५ हजार रुपैयाँ प्रदान गरिएको छ।

मन्त्री यादवले विदेशमा आर्जन गरेको सीप र अनुभवलाई स्वदेशमै उपयोग गरी उद्यम स्थापना गर्ने व्यक्तिहरूले आर्थिक गतिविधि विस्तार र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यस्ता प्रयासलाई सरकारले आगामी दिनमा पनि प्रोत्साहन गर्दै जाने बताए।

मन्त्रालयले यस्ता कार्यक्रमले बालश्रम उन्मूलन, सुरक्षित कार्यस्थलको विकास तथा स्वदेशमै उद्यमशीलता विस्तारका लागि स्थानीय तह, निजी क्षेत्र र अन्य सरोकारवालालाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

0 Comments