१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक विपद्जन्य घटनामा परी ४६२ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्लो एक वर्षको अवधिमा विपद्जन्य घटनामा परी ठूलो मानवीय र भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असार १७ गतेसम्म प्राकृतिक विपद्मा परी ४६२ जनाले ज्यान गुमाएका छन् । 

तीमध्ये सबैभन्दा बढी आगलागीको घटनामा परी १०४ जनाको ज्यान गएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनले प्राधिकरणमा देशभरबाट कुल सात हजार ९८९ वटा विपद्का घटना दर्ता भएका  बर्ताइन । ती घटनामा १८ जना बेपत्ता रहेका प्राधिकरणको तथ्यांमा उल्लेख छ । 

प्राकृतिक विपद्का कारण दुई हजार १७८ जना घाइते भएका छन् भने १२ हजार ९८४ परिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन् । पहिरोका घटनामा परी ७३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । बाढीका २८९ घटनामा ३२ जनाको ज्यान गएको छ भने सात जना बेपत्ता भएका छन् ।

यसैगरी ४०१ वटा चट्याङका घटनामा ३७ जनाको मृत्यु भएको छ भने २४४ जना घाइते भएका प्रवक्ता महतले जानकारी दिइन् । उनका अनुसार सर्पदंशका कारण ७०, जनावर आतंकबाट ५९ र लेक लागेर ५१ जनाको ज्यान गएको छ ।

प्रवक्ता महतले हावाहुरीका कारण १८, भारी वर्षाका कारण नौ, हिउँपहिरोमा परी सात र डुंगा पल्टिँदा दुई जनाको ज्यान गुमाएको जानकारी दिइन् । यस अवधिमा भएका विभिन्न विपद्का घटनाबाट देशमा कुल रु. दुई अर्ब छ करोड ४७ लाख ७३ हजार १२८ बराबरको अनुमानित आर्थिक क्षति भएको छ । 

0 Comments