काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरू सह व्यवस्थापक, सहायक व्यवस्थापक, सहायक पदहरूमा दरखास्त आह्वान गरेको हो ।
खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नको लागि सह व्यवस्थापक एक जना, सहायक व्यवस्थापकमा १७ जना र सहायक पदमा १८ जना गरी ३६ जना कर्मचारी माग गरेको छ ।
इच्छुक उम्मेदवारले आजदेखि साउन ७ गतेसम्म दरखास्त दिन सकिने छ ।









