काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउन माग गर्दै प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्।
माग पूरा नभएको भन्दै उनीहरूले कार्यालयको मूलढोका बन्द गरेर दबाबमूलक कार्यक्रम गरेका हुन्।
काउन्सिलमा कार्यरत २२ जना स्थायी कर्मचारीले गत माघ महिनादेखि महँगी भत्ता नपाएको गुनासो गर्दै आएका छन्। सोही विषयलाई लिएर कर्मचारीहरूले केही दिनयता दबाब मूलक कार्यक्रम गरिरहेको एक कर्मचारीले प्रशासनलाई बताए ।
यसैबीच, आन्दोलन समाधानका लागि सूचना तथा सञ्चार मन्त्रालयमा काउन्सिलका प्रतिनिधिसँग छलफल भइरहेको उनले बताए। समाचार तयार पार्दासम्म छलफल जारी रहेको बताइएको छ।






