१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत

अ+ अ-

काठमाडौँ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार असार १८ गते बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।

प्रहरीले घटनास्थलबाट प्राप्त मोबाइल, प्रारम्भिक सोधपुछ तथा आफन्तबाट प्राप्त जानकारीका आधारमा गाडीमा चालक तुलाराम सुबेदी, सहचालक रामप्रसाद सुबेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवा सवार रहेको जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेका छन् । आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि शव परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीयवासीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य सुरु गरेको थियो ।

कर्णाली नदीको तीव्र बहावलाई मध्यनजर गर्दै सीमावर्ती जिल्लाका नदी तटीय क्षेत्रमा समेत सम्बन्धित निकायसँग समन्वय गरी खोजी कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा पाँच जनाभन्दा बढी यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।  सम्बन्धित निकायसँग समन्वय गरी यथार्थ विवरण संकलन गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीयवासी तथा विभिन्न जिल्लाबाट परिचालित उद्धार टोलीले नदी किनार र सम्भावित स्थानहरूमा खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

0 Comments