१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंगोमा इबोला संक्रमण तिव्र, ४७३ जनाको मृत्यु, एक हजार ५०२ जनामा संक्रमण पुष्टि 

अ+ अ-

किन्शासा । लोकतान्त्रिक गणतन्त्र कंगोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको छ । एक हजार ५०२ जनामा सङ्क्रमण पुष्टि भएको घटनाहरू रिपोर्ट गरिएकोमा ४७३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

डीआरसीका जनस्वास्थ्य अधिकारीहरूले शुक्रबार जारी गरेको पछिल्लो  प्रतिवेदन अनुसार ६२८ जना इबोला सङ्क्रमित बिरामीहरू हाल अस्पतालमा भर्ना भएका छन् भने २२९ जना निको भएका छन् । यो बाहेक ६३ जनाको मृत्यु सहित कुल २१३ जना सङ्क्रमितको रिपोर्ट गरिएको छ ।

 पत्रकारहरूसँगको साक्षातकारमा बोल्दै अफ्रिकाका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मोहम्मद याकुब जनाबीले पूर्वी प्रान्त इटुरी र उत्तरी किभुमा संक्रमण जारी रहेकाले अवस्था गम्भीर रहेको बताएका छन् । 

जनाबीले हालको प्रकोप अहिले सम्म रेकर्ड गरिएको सबै भन्दा ठूलो  इबोला प्रकोप भएको बताएका छन् । 

डीआरसीमा डब्ल्यूएचओ विशेषज्ञ पियरे अकिलिमालीले असुरक्षा र सशस्त्र समूह गतिविधिहरूबाट प्रभावित क्षेत्रहरूमा प्रकोप भइरहेको र केस पत्ता लगाउन र सम्पर्क पत्ता लगाउन गाह्रो भएको बताएका छन् । इटुरीका केही प्रभावित क्षेत्रहरू खानी क्षेत्रहरू  भएकाले बाहिरबाट मानिसहरूको बारम्बार आवागमनले भाइरस सर्ने जोखिम बढाएको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले बुन्डिबुग्यो भाइरसको संक्रमणले गर्दा हुने इबोला रोगको सम्भावित उपचारको मूल्यांकन गर्न डीआरसीमा बिरामीहरू भर्ना गर्न क्लिनिकल परीक्षण सुरु भएको जनाएको छ । जसको लागि हाल सम्म कुनै स्वीकृत खोप वा विशिष्ट उपचार पत्ता लागेको छैन । 

0 Comments