२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगर अनुसन्धान शोध वृत्तिमा उम्मेदवार छनोट गर्दै कामपा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पाँचौँ संस्करणको महानगर अनुसन्धान शोध वृत्तिका १० उम्मेदवार गर्ने तयारी गरेको छ । कामपा सहरी योजना आयोगले एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न महानगर अनुसन्धान शोध वृत्ति तयारी गरेको आयोगको सचिवालय प्रमुख नवराज थापाले जनाकारी दिए । थापाका अनुसार सहरी योजना आयोगले अहिले ‘महानगर अनुसन्धान शोध वृत्ति’का उम्मेदवार छनोटका लागि अन्तर्वार्ता र प्रस्तावसम्बन्धी प्रस्तुतीकरण सत्र सञ्चालन गरिरहेको छ ।

कामपाले गएको पुस १ गते १० वटा विषयमा अनुसन्धान गर्न शोधकर्तालाई प्रस्ताव आह्वान गरेको थियो । अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको छ ।

अनुसन्धान गर्न चाहेको विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र अनुसन्धान, अध्यापन वा विषयगत काममा दुई वर्षको अनुभव हुने अनुसन्धानकर्ताबाट तोकिएका क्षेत्रमा अनुसन्धान गर्न बढीमा १५ पृष्ठसम्मको प्रस्ताव माग गरिएको थियो । 

 प्रस्तावमा अनुसन्धानको पृष्ठभूमि, अनुसन्धानका विधि, क्षेत्र, सीमा, कार्यतालिका, अपेक्षित परिणाम तथा सम्भावित प्रभावलगायत विषय समावेश गर्ने सर्त छ । शोध वृत्तिका लागि छानिन भाषागत रूपमा नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक भाषामा पोख्त हुनुपर्नेछ । अनुसन्धानका लागि ६ महिनाको अवधि प्रदान हुनेछ । यस अवधिभित्र आवेदकले चार पटक प्रस्तुतीकरण गर्नुपर्नेछ ।

अनुसन्धातालाई करसहित रु. एक लाख ५० हजार उपलब्ध गराउनेछ । यसबाट अनुसन्धान, लेखनलगायतका काम गर्नुपर्नेछ । यो रकम चार किस्तामा प्रदान हुनेछ । अध्ययन प्रस्ताव स्वीकृत भएपछि २० प्रतिशत, मध्यावधि प्रस्तुतीकरण र प्रतिवेदन पेस भएपछि ३० प्रतिशत, मस्यौदा प्रतिवेदन पेस गरेपछि ३० प्रतिशत र आयोगले आयोजना गरेको कार्यशालामा अन्तिम प्रतिवेदन प्रस्तुतीकरण र पेस गरेपछि बाँकी २० प्रतिशत रकम भुक्तानी हुनेछ ।

थापाका अनुसार यस वर्षका लागि १० सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, २० महानगरको पहिचानमा सांस्कृतिक विविधता, ३० गुणस्तरीय सहरी बसोबास, ४० आर्थिक समृद्धिका लागि नवप्रवर्तन, ५० सहरी यातायात प्रणालीको पूर्वाधार, ६० वातावरण, जलवायु र उत्थानशीलता, ७० सामाजिक समावेशीकरण र समता, ८० शिक्षा तथा सांस्कृतिक आदानप्रदान, ९० सुरक्षा, स्वास्थ्य र कल्याण तथा १०० तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रूपमा चयन गरिएका छन् । 

0 Comments