काठमाडौँ । पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारप्रति अपनाइएको कडाइले मुलुकको आर्थिक गतिविधिमा नकारात्मक असर परेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा अर्थ समितिमा मौद्रिक नीतिसम्बन्धी छलफलका क्रममा उनले पर्याप्त कर्जा प्रवाहबिना अपेक्षित आर्थिक वृद्धि हासिल गर्न कठिन हुने धारणा राखे।
नेपालले नेपाल राष्ट्र बैंकको संस्थागत स्वायत्तता कमजोर हुँदा सरकारी दबाबका कारण केही नीतिगत निर्णयहरू उपयुक्त रूपमा लिन नसकिएको दाबी गरे।
उनका अनुसार विगतमा सरकारले नै कर्जा विस्तारमा नियन्त्रण गर्न जोड दिएकाले त्यसको प्रभाव अहिले आर्थिक गतिविधि सुस्त हुनुका रूपमा देखिएको छ।






