१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको १०० दिने कार्यकालले जनविश्वासभन्दा अन्योल बढाएको प्रदीप पौडेलको टिप्पणी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनले नागरिकमा आशा र विश्वास जगाउनुको सट्टा संशय र आशंका बढाएको आरोप लगाएका छन्।

आइतबार नेपाली काँग्रेसको नयाँ क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत युवासँग आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा उनले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई विधानअनुसार अघि बढाउनुपर्नेमा जोड दिँदै अभियानबारे फैलाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे। उनका अनुसार सदस्यता अद्यावधिकको उद्देश्य पुराना सदस्यलाई हटाउनु नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु हो।

महामन्त्री पौडेलले नेतृत्वप्रति सम्मान कायम राख्दै पनि पार्टीको विधान र विधिसम्मत प्रक्रियाभन्दा बाहिर जान नहुने उल्लेख गरे। उनले संस्थापन र इतर दुवै पक्षका नेता-कार्यकर्तालाई आगामी १५औँ महाधिवेशनलाई सफल बनाउन एकताबद्ध रूपमा अभियानमा सहभागी हुन आह्वान गरे।

फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक तथा संसदीय व्यवस्थाबाट जनमत प्राप्त गरे पनि सरकारमा पुगेपछि सोही व्यवस्थाविपरीत नीति तथा निर्णय अघि बढाएको आरोप लगाए। संघीयता र संविधानका प्रावधानविरुद्ध जाने धारणा तथा निर्णयले लोकतान्त्रिक प्रणालीमाथि प्रश्न उठाएको उनको भनाइ थियो।

0 Comments