काठमाडौँ । संयुक्त राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले आगामी महासचिवको निर्वाचनमा आफू उम्मेदवार नहुने स्पष्ट पारेकी छन् ।
मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू यस पदको दौडमा नरहेको जानकारी दिएकी हुन्।
सम्बोधनका क्रममा उपमहासचिव मोहम्मदले भनिन्, ‘महासचिव पदको उम्मेदवार बन्ने मेरो कुनै मनसाय छैन । महासचिवको जिम्मेवारी अत्यन्तै गम्भीर र महत्त्वपूर्ण हुन्छ । विगत साढे नौ वर्षदेखि महासचिव एन्टोनियो गुटेरेससँग सहकार्य गर्न पाउनु मेरा लागि गर्व र सम्मानको विषय हो ।’







