२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदी अस्ट्रेलिया भ्रमणमा

अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रक्षा सम्बन्ध, महत्त्वपूर्ण खनिज र युरेनियम सुरक्षा सम्बन्धी वार्ता गर्नका लागि अष्ट्रेलिया भ्रमणमा गएको जनाइएको छ ।

मेलबर्नमा बिहीबार आयोजित सामुदायिक र्‍यालीमा मोदीलाई रकस्टार स्वागत गर्ने तयारी गरिएको तथा यस कार्यक्रममा २० हजार भन्दा बढी मानिसहरू सहभागी हुने अनुमान गरिएको जनाइएको छ ।

पछिल्लो समयमा भारत र अष्ट्रेलिया निकै नजिक हुँदै गएको जनाइएको छ भने युद्धको समयमा भारत र अस्ट्रेलियाको स्थितिलाई ध्यानमा राख्दै यो ऐतिहासिक रूपमा निकै कठिन सम्बन्ध रहेको अस्ट्रेलिया भारत इन्स्टिच्युटकी तिस्ता प्रकाशले बताए।

विश्वसनीय युरेनियम पाइपलाइन सुरक्षित गर्न प्रधानमन्त्री मोदीले आफ्ना अस्ट्रेलियाली समकक्षी एन्थोनी अल्बनिजसँग बिहीबारको बैठकमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

उच्च जनसङ्ख्या भएको देश भारतले आफ्नो आणविक ऊर्जा क्षमता तीव्र रूपमा विस्तार गर्ने योजना अघि बढाएको छ भने विश्व आणविक संघका अनुसार अस्ट्रेलियाले विश्वको युरेनियम स्रोतको २८ प्रतिशत ओगटेको अनुमान गरिएको छ ।

यस अघि भारत र अष्ट्रेलियाले सन् २०१५ मा आणविक सहयोग सम्झौता गरेर युरेनियम निर्यातको लागि मार्ग प्रशस्त गरेता पनि कानुनी अवरोधहरू बाँकी रहेकाले हालसम्म व्यापार सहज हुन नसकेको जनाइएको छ ।

विद्युतीय सवारीको बजारलाई बढाउने महत्वाकांक्षाका साथ, भारत पनि लिथियम लगायतका महत्त्वपूर्ण खनिजहरूको खोजीमा रहेको तथा अस्ट्रेलियासँग प्रशस्त मात्रामा लिथियम रहेको जनाइएको छ ।

अस्ट्रेलिया, भारत, संयुक्त राज्य अमेरिका र जापान क्वाडका सदस्यहरू हुन्, जुन समूहलाई एसिया–प्रशान्त क्षेत्रमा चीनको विपक्षको रूपमा हेरिन्छ ।

संयुक्त राज्य अमेरिकाले गठबन्धनमा कम चासो देखाएको देखिन्छ, भने नयाँ दिल्ली र क्यानबेराले सुरक्षाका विषयमा एक–अर्कासँग काम गर्ने इच्छा देखाएको जनाइएको छ ।

Leave a Reply