२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हर्क साम्पाङद्वारा सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको जवाफ माग

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको सीमासम्बन्धी धारणा सच्याउनुपर्ने मागसहित यस विषयमा सभामुखमार्फत आवश्यक निर्देशन दिन आग्रह गरेका हुन्। उनले यही विषयलाई लिएर प्रतिपक्षी दलहरूले विरोध कार्यक्रम जारी राखेको उल्लेख गरे।

अध्यक्ष साम्पाङले संसद्का नियम र प्रक्रियाको पालना सबै पक्षबाट समान रूपमा हुनुपर्ने बताए। एक पक्षले मात्रै नियम मान्ने र अर्को पक्षले बेवास्ता गर्ने अवस्था कायम रहे त्यसले संसदीय व्यवस्थामा समस्या सिर्जना गर्ने उनको भनाइ थियो।

उनले प्रधानमन्त्री तथा मन्त्रीहरूको संसद् बैठकमा नियमित उपस्थितिका लागि समेत सभामुखको ध्यानाकर्षण गराए।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीप्रति आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा एक युवकलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको घटनाबारे पनि अध्यक्ष साम्पाङले असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्री र मन्त्रीप्रति अभद्र टिप्पणी गर्दा तत्काल कानुनी कारबाही हुने तर सांसदहरूलाई ज्यान मार्ने वा घरमा आगजनी गर्ने धम्की दिँदासमेत प्रभावकारी कारबाही नभएको भन्दै प्रश्न उठाए।

यसैगरी, सडकमा आश्रित दृष्टिविहीन नागरिकको व्यवस्थापनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने उनले बताए। सुरुवाती चरणमा केही संख्याबाटै भए पनि रोजगारीको अवसर सिर्जना गरी उनीहरूको जीविकोपार्जन सुनिश्चित गर्न सरकारलाई सुझाव दिए।

Leave a Reply