२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान अघि बढाउन नारायणकाजी श्रेष्ठको आग्रह

अ+ अ-

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले गरेको फैसलाको स्वागत गर्दै घटनासँग जोडिएका अन्य शंकास्पद व्यक्तिमाथि पनि अनुसन्धानलाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै श्रेष्ठले आफू उपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका समयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा विस्तृत अनुसन्धान गरी मुद्दा दायर गरेको उल्लेख गरेका छन्। अदालतको पछिल्लो निर्णयले मुलुकको प्रतिष्ठामा नकारात्मक असर पारेको घटनालाई कानुनी निष्कर्षतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

श्रेष्ठका अनुसार अनुसन्धानबाट प्रमाणित भएका व्यक्तिविरुद्ध मात्रै अभियोग दर्ता गरिएको थियो। यद्यपि, अन्य केही व्यक्तिहरू पनि शंकाको दायरामा रहेकाले उनीहरूमाथिको अनुसन्धान खुला राखिएको थियो।

उनले कानुनी समयसीमाका कारण प्रारम्भिक चरणमा पुष्टि भएका व्यक्तिलाई मात्रै मुद्दा दायर गर्नुपरेको उल्लेख गर्दै अब सम्बन्धित निकायले बाँकी पक्षबारे पनि निष्पक्ष, गहिरो र तथ्यमा आधारित अनुसन्धान अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

काठमाडौं जिल्ला अदालतले मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणका अधिकांश आरोपितलाई दोषी ठहर गरेको थियो।

Leave a Reply