२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल अधिकार सेवाको प्रभावकारिता बढाउन परिषदमै नियमित उपस्थित हुने मन्त्री बादीको घोषणा

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सिता बादीले बाल अधिकारसम्बन्धी सेवा प्रवाहको अवस्था सुधार गर्न परिषद्को प्रत्यक्ष अनुगमनलाई प्राथमिकता दिने बताएकी छन्।

राष्ट्रिय बाल अधिकार परिषद्को निरीक्षणका क्रममा मन्त्री बादीले परिषदबाट सञ्चालन भइरहेका सेवा, बाल अधिकार संरक्षणका कार्यक्रम, उजुरी व्यवस्थापन प्रक्रिया, समन्वय प्रणाली तथा संस्थागत कार्यसम्पादन अवस्थाबारे जानकारी लिएकी हुन्।

अनुगमनपछि परिषद्का कर्मचारीहरूसँग छलफल गर्दै उनले बालबालिकाको हितलाई केन्द्रमा राखेर सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सहज बनाउन आवश्यक पहल गर्न निर्देशन दिइन्। बाल अधिकार संरक्षणका क्षेत्रमा काम गर्ने निकायहरूबीचको सहकार्य, जिम्मेवारी बोध र जबाफदेहिता बलियो बनाउनुपर्नेमा उनले जोड दिइन्।

मन्त्री बादीले सेवाग्राही तथा सरोकारवालाको पहुँच सहज बनाउन अबदेखि हरेक सातामा एक दिन राष्ट्रिय बाल अधिकार परिषद्मै उपस्थित भई सेवा प्रवाहको अवस्था प्रत्यक्ष अवलोकन गर्ने, गुनासा तथा समस्याबारे जानकारी लिने र आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइने जानकारी दिइन्।

मन्त्रालयका अनुसार मन्त्रीको नियमित उपस्थितिसहितको अनुगमन व्यवस्थाले परिषद्को सेवा प्रणालीलाई थप उत्तरदायी बनाउन, बाल अधिकारसँग सम्बन्धित विषयमा तत्काल समन्वय गर्न र सेवाग्राहीसँग प्रत्यक्ष संवादको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नागरिकमैत्री, पारदर्शी र परिणाममुखी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रत्यक्ष अनुगमन तथा सुधारमुखी अभ्यासलाई निरन्तरता दिने जनाएको छ।

Leave a Reply