२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी र मधेशका प्रदेश प्रमुखबीच भेटवार्ता

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट र मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णबीच बुधबार भेटवार्ता भएको छ । 

अन्तर–प्रदेश भ्रमणका क्रममा गण्डकी आइपुगेका मधेस प्रदेश प्रमुख कर्णसँग पोखरास्थित निवासमा प्रदेश प्रमुख भट्टको भेटवार्ता भएको हो । 

भेटका क्रममा दुई प्रदेशबीच सम्बन्ध थप प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । प्रदेश प्रमुखद्वयबीच प्रदेशमा भएका राम्रा कामहरूको अनुसरण गर्ने, अनुभवहरू साटासाट गर्ने विषयमा छलफल भएको थियो ।

उनीहरूले आ–आफ्नो प्रदेशको वस्तुस्थिति र भए गरेका गतिविधिबारे अनुभव साझा गरेका थिए । प्रदेशको संस्थागत विकास र मर्यादा बढाउन संविधान कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेकोमा उनीहरूको जोड थियो ।

गण्डकी प्रदेश प्रमुख भट्टले कानुनतः सरकारका प्रतिनिधिका रूपमा आ–आफ्ना प्रदेशमा जिम्मेवारी वहन गरिरहेकाले सङ्घ सरकार र प्रदेश सरकारसँगको समन्वयकर्ताका रूपमा आफूहरू रहेको बताए । मधेस प्रदेश प्रमुख कर्णले राष्ट्रिय एकताको अभियानकै रूपमा आफू सातै प्रदेशको भ्रमणमा रहेको जानकारी दिए।

स्वागत कार्यक्रममा गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव विजय राना, मधेस प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद दाहाल, गण्डकी प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीलगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा मधेस प्रदेश प्रमुख कर्णले गण्डकी प्रदेश प्रमुख भट्टलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निमन्त्रणा पनि गरे । 

Leave a Reply