काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठित नेकपा (एमाले) को कार्यदलको बैठक आज बस्ने भएको छ ।
उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा रहेको कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय भए पनि स्थगित भएको थियो। कार्यदलले सातै प्रदेशबाट संकलन भएका सुझावलाई एकीकृत गरी पार्टी नेतृत्वसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ। पार्टीभित्र नेतृत्व र संगठनबारे बहस चुलिएपछि तल्लो तहबाट सुझाव संकलन गर्न कार्यदल गठन गरिएको थियो।







