२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि उत्पादन वृद्धि गर्न सिँचाइसँग समन्वित योजना अघि बढाइने

अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई देशको आर्थिक विकासको प्रमुख आधारका रूपमा स्थापित गर्ने लक्ष्यसहित सरकारले उत्पादनमुखी कार्यक्रमहरू अघि बढाइरहेको बताएकी छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कृषि क्षेत्रको आधुनिकीकरण, किसानका समस्या समाधान तथा उत्पादन वृद्धि लक्षित विभिन्न पहलका बारेमा जानकारी दिइन्।

मन्त्री चौधरीले कृषि उत्पादनमा दिगो वृद्धि हासिल गर्न कृषि र सिँचाइ क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै दुवै क्षेत्रलाई एकीकृत रूपमा अघि बढाउने योजनामा मन्त्रालय केन्द्रित रहेको बताइन्।

उनले किसानलाई आवश्यक पर्ने रासायनिक मल समयमै उपलब्ध गराउन मन्त्रालय सफल भएको पनि जानकारी दिइन्। अर्थ मन्त्रालयको सहयोग तथा सम्बन्धित निकायबीचको समन्वयका कारण मल आयातको व्यवस्थापन समयमै गर्न सकिएको उनको भनाइ थियो।

मन्त्री चौधरीले कृषि क्षेत्रको उत्पादकत्व अभिवृद्धि, किसानमैत्री सेवा विस्तार र आवश्यक पूर्वाधार विकासमार्फत कृषि क्षेत्रलाई थप सुदृढ बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको बताइन्।

Leave a Reply