२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक

अ+ अ-

कैलाली । कैलालीको धनगढीमा सम्पूर्ण यातायात प्रा.लि.ले चालक, सहचालक तथा परिचालकलाई आज परिचयपत्र र जर्सी (पोसाक) वितरण गरेको छ ।

सार्वजनिक यातायात सेवालाई सुरक्षित, यात्रुमैत्री तथा थप व्यवस्थित बनाउने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरी प्रालिले गाडी नम्बरसहितको चालक, सहचालक तथा परिचालकलाई परिचयपत्र र जर्सी वितरण गरेको हो ।

चालक, सहचालक र परिचालकको एउटै पहिचान झल्किने पोसाक उपलब्ध गराइएको सम्पूर्ण यातायात प्रालिले जनाएको छ । यसबाट यात्रुले टाढैबाट चालक तथा सहचालकलाई सहजै चिन्न सक्ने, सही सवारीसाधन पहिचान गर्न सक्ने र यात्रु सेवामा थप सहजता आउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पद्मराज सापकोटाले यात्रुको सहजता र विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सो व्यवस्था लागू गरिएको उल्लेख गरे। यो व्यवस्थाले यात्रुलाई सही गाडी पहिचान गर्न सजिलो हुने, अनावश्यक अन्योल हट्ने तथा बसपार्कमा सक्रिय बिचौलियाको चलखेल नियन्त्रणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । उनले भने, “पोसाकले चालक तथा सहचालकको जिम्मेवारी बोध बढाउनुका साथै आफ्नो पेसालाई सम्मानित र आकर्षक बनाउन मद्दत गर्नेछ ।”

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक नवराज कार्कीले चालकहरू नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने अग्रपङ्क्तिका सेवा प्रदायक भएकाले उनीहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले यो व्यवस्थापछि सडकमा यात्रु तानातान गर्ने, कमिसनको प्रलोभनमा यात्रु अलमल्याउने तथा अव्यवस्थित गतिविधिमा पनि कमी आउने विश्वास व्यक्त गरे । पोसाकले चालक तथा सहचालकको पहिचान स्पष्ट बनाउने भएकाले यात्रुको विश्वास बढ्ने र यातायात सेवा थप मर्यादित बन्ने उनको भनाइ छ ।

कार्यक्रममा सुदूरपश्चिम यातायात प्रालिका पूर्वअध्यक्ष टेकराज जोशी, जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख एवं प्रहरी निरीक्षक रमेशप्रसाद आचार्य, विभिन्न यातायात व्यवसायी, चालक, सहचालक तथा परिचालकहरूको उपस्थिति थियो ।

Leave a Reply