काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागु औषधसहित २० जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिरहाबाट चार, झापाबाट तीन, जुम्ला, रुपन्देही, मोरङ, सुनसरी र दाङबाट दुई/दुई तथा कपिलवस्तु, तनहुँ र काठमाडौँबाट एक/एक जना पक्राउ परेका हुन् ।
प्रहरी टोलीले उनीहरूको साथबाट लागु औषध चरेस, खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने डाइक्लोमाइन र स्पास्मो बरामद गरेको छ । उनीहरूलाई गत बुधबार र बिहीबार पक्राउ गरिएको हो ।







