२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा वृक्षारोपण अभियान: पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो

अ+ अ-

पर्वत । नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता गरेअनुरूप विसं २०८२ देखि विसं २१०२ सम्म हरेक वर्ष असार १४ देखि साउन १५ सम्म एक महिने सगरमाथा वृक्षारोपण महाअभियान सञ्चालन गर्दै आएको छ । उक्त अभियानअन्तर्गत पर्वतमा दुई हजार ५०० बिरुवा रोपिएको हो ।

गत वर्षदेखि सुरु भएको उक्त अभियानअन्तर्गत डिभिजन वन कार्यालय पर्वतको सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा जीवनोपयोगी बिरुवा रोपिएको हो । कुश्मा नगरपालिका-७ मा रहेको भड्खोरे सामुदायिक वन, वडा नं २ मा रहेको कालीगण्डकी छमर्केपातल सामुदायिक वन, जलजला गाउँपालिकामा रहेको एक सल्ले सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

अभियानअन्तर्गत करिब दुई हजार ५०० बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन क्षेत्रमा फलफूलजन्य बिरुवा रोपी उपभोक्ताको आयआर्जनमा सुधार गर्दै वन्यजन्तु तथा कार्बन उत्सर्जनमा टेवा पुर्‍याउने उद्देश्यले यस वर्ष झण्डै दुई हजार ५०० बिरुवा रोपिएको कार्यालयका प्रमुख हेमलाल न्यौपानेले जानकारी दिए ।  

उनका अनुसार आँप, कटहर, लिची, अम्बा, टिमुर, अमलालगायत पहाडी भेगमा रुख बनेर फल्ने फलफूल जातलाई सामुदायिक वन, कबुलीयती वन र सार्वजनिक र खाली रहेको जमिनमा रोपण गरिएको हो । स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा बिरुवा रोपिएको उनले बताए ।

 डिभिजन वन कार्यालयले नि:शुल्क रूपमा उपलब्ध गराएका ती बिरुवाको रेखदेख र संरक्षणको जिम्मा भने उपभोक्ता समितिको रहने छ । यसबाट भएको आम्दानीसमेत उपभोक्ता समितिले नै लाभ लिन सक्ने भएका छन् । बिरुवा रोपनमा जिल्लास्थित सरकारी तथा सुरक्षा निकायले पनि सहजीकरण गरिरहेका वन कार्यालयले जनाएको छ ।

अहिले रोपिएका बिरुवाको उचित संरक्षण भएमा दुई वर्षभित्र आम्दानी हुन थाल्नेछ । यसले बाँदरसहित अन्य वन्यजन्तुको आतङ्क न्यूनीकरण गर्नुका साथै स्थानीयवासीको आयआर्जनमा सुधार गर्दै समग्र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने डिभिजन वन कार्यालयका वन अधिकृत राजेश पोख्रेलले जानकारी दिए ।

विशेष गरी कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनको असरलाई अनुकूलनमा योगदान, हिमालय र त्यसको जलाधार क्षेत्रको संरक्षण, वातावरणीय पुन:स्थापना र जैविक विविधता प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय समुदायको जीवनस्तर सुधार, भावी पुस्ताका लागि सुरक्षित, हरित र समृद्ध वातावरणको निर्माण गर्ने उद्देश्यले वृक्षारोपण अभियान थालिएको पोख्रेलले जानकारी दिए ।

यसबाहेक कार्यालयमार्फत घाँससहित विभिन्न प्रजातिका गरी करिब ३० हजार बिरुवासमेत वितरण गरिएको छ । घाँस, फलफूल, जडिबुटीलगायत बिरुवा कार्यालयले नि:शुल्क रूपमा वितरण गरेको हो । यस्तै, भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि बाँस, निगालो, राईखन्यु, बडहरलगायत विभिन्न प्रजातिका २० हजारभन्दा बढी बिरुवा वितरण गरिएको जनाइएको छ ।

Leave a Reply