काठमाडौँ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिग्राम जम्कट्टेलले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
शनिवार काठमाडौँमा सातौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित कार्यसमिति सम्मान तथा व्यवसायी मजदुर सचेतना कार्यक्रममा बोल्दै उनले जनताले ठूलो आशा र भरोसाका साथ दुई–तिहाइको जनमत दिए पनि सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरेका हुन् ।
पूर्व मुख्यमन्त्री जम्कट्टेलले पुराना राजनीतिक शक्तिहरूले काम गर्न नसकेको भन्दै नयाँ परिवर्तनको आसमा जनताले मतदान गरेको स्मरण गराए ।







