काठमाडौँ । प्रहरीको कुटपिट तथा धरपकडमा परेर घाइते भएका जेन जेड अभियन्ता माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।
प्रहरीको कुटपिटका क्रममा माजिदको टाउको र अनुहारमा बुटले प्रहार गरिएका कारण उनको अनुहार तथा शरीरको माथिल्लो भागमा गम्भीर चोट पुगेको जेन जेड अभियन्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत् बताएकी छिन् ।
यसअघि माजिदलाई कीर्तिपुर अस्पताल लगिएको थियो । कीर्तिपुर अस्पतालमा भिडियो एक्स रे र अन्य स्वास्थ्य परीक्षण गरेपछि उनलाई थप उपचारका लागि शिक्षण अस्पताल लागिएको हो ।
शनिवार दिउँसो कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर सुकुम्वासीहरूको अवस्था बुझ्न पुगेका जेन जेड अभियान्ताहरु माजिद अन्सारी, मोनिका निरौला, रीया बानियाँ र सरिस्मा थापामाथि प्रहरीले कुटपिट तथा धरपकड गरेको थियो ।







