काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि वित्त प्रमुख पदमा १ जना कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको हो ।
सूचना अनुसार उक्त पदका लागि न्यूनतम योग्यता चार्टर्ड एकाउन्टेन्ट (सी.ए.) उत्तीर्ण गरी नेपाल सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ








