२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई रु. ९२ लाख मूल्य बराबरको कृषि सामग्री अनुदानमा वितरण गरेको छ । 

कृषि क्षेत्रको प्रवर्द्धन गर्दै उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले आधुनिक कृषि सामग्री वितरण गरिएको कृषि विकास शाखाका देवचुलीका प्रमुख गगन भट्टराई बताए । देवचुली नगरपालिकाले कृषि नवप्रवर्द्धन साझेदारी परियोजनामार्फत किसानलाई कृषि सामग्री हस्तान्तरण गरेको हो । कृषि विकास शाखाका प्रमुख भट्टराईका अनुसार नवप्रवर्द्धन साझेदारी परियोजना, नगरपालिका र किसानहरूको पचास–पचास प्रतिशतको लागत सहभागितामा कृषि सामग्री वितरण गरिएको हो । 

यस कार्यक्रमबाट १३ भन्दा बढी कृषक समूह, ७० भन्दा बढी उद्यमी तथा व्यावसायिक किसान लाभान्वित भएका छन् । किसानहरूको आवश्यकता र मागका आधारमा सामग्री वितरण गरिएको उनले बताए । नगरपालिकाले ३० वटा छ हर्जपावरका हाते ट्याक्टर, २८ वटा सात हर्जपावरका हाते ट्याक्टर, सात वटा धान काट्ने मेसिन, मकै रोप्ने मेसिन (ज्याब प्लान्टर) २१ वटा, पुस सिडर चारवटा, मकै छोडाउने मेसिन (कर्न थ्रेसर) १० वटा, कुटानी–पिसानी मेसिन छवटा, दाना बनाउने मेसिन एक, तौल लिने मेसिन एक, धान तथा गहुँ काट्ने, थ्रेसिङ गर्ने कम्बाइन हार्भेस्टर एक तथा ट्रेलर एकलगायतका आधुनिक कृषि सामग्री वितरण गरेको छ ।

ठूला ट्याक्टर सञ्चालन गर्न कठिन हुने पहाडी क्षेत्रका किसानलाई लक्षित गर्दै हाते ट्याक्टर वितरण गरिएको शाखाले जनाएको छ । यसै कार्यक्रममा देवचुली–४ वडा कार्यालयले पनि किसानका लागि तीन वटा सात हर्जपावरका हाते ट्याक्टर, दुई वटा मकै रोप्ने मेसिन (ज्याब प्लान्टर), चारवटा पुस सिडर र दुई वटा कुटानी–पिसानी मेसिन वितरण गरेको छ । उक्त सामग्री खरिदका लागि वडा कार्यालयले रु तीन लाख बजेट विनियोजन गरेको थियो ।

देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले किसानको आर्थिक विकासका लागि अनुदानमा कृषि उपकरण उपलब्ध गराएको बताए । उनले आधुनिक कृषि सामग्रीको प्रयोगले उत्पादनशीलता वृद्धि हुनुका साथै कृषि व्यवसायलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । किसानहरूको उत्प्रेरणा बढाउँदै जीवनस्तर उकास्न नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले जनाए । 

Leave a Reply