काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाएर २६ जनाबाट करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएका ४६ वर्षीय लहानु राम चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरीले पीडितहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाई क्यानडा पठाइदिने भन्दै विभिन्न रकम असुल गरेका थिए। रकम बुझाएपछि उनी पीडितहरूको सम्पर्कबाट बाहिरिएको भन्दै परेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।







