२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीवासीलाई पोखरामै पुगेर प्रशासनिक सेवा

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई लक्षित गरी सञ्चालन गरेको घुम्ती शिविरबाट १८२ जना लाभान्वित भएका छन् ।

गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार आयोजित शिविरमा राष्ट्रिय परिचयपत्र वितरण, राहदानी वितरण, पञ्जीकरण तथा मतदाता नामावली दर्तासम्बन्धी सेवा प्रदान गरिएको थियो । 

म्याग्दीका छ वटै स्थानीय तह, पुन सेवा समाज पोखरा र खिवाङ सेवा समाजको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार शिविरमार्फत ८८ जनालाई राष्ट्रिय परिचयपत्र, एक जनालाई राहदानी वितरण गरिएको छ भने ६३ जनाको मतदाता नामावलीमा नाम दर्ता गरिएको छ । साथै ३० जनालाई पञ्जीकरण तथा अन्य प्रशासनिक सेवासम्बन्धी परामर्श प्रदान गरिएको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले रोजगारी, अध्ययन, पेसा तथा व्यवसायका सिलसिलामा पोखरामा बसोबास गरिरहेका म्याग्दीवासीलाई उनीहरूकै बसोबास स्थलमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए ।

“जिल्लाबाहिर पहिलो पटक घुम्ती शिविर सञ्चालन गरेर सेवा दिएका छौँ”, उनले भने, “स्थानीय तहसँग समन्वय गरी वडा तहसम्म पुगेर राष्ट्रिय परिचयपत्र, राहदानी वितरण र मतदाता नामावली दर्तालगायतका सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनेछौँ ।”

प्रमुख जिल्ला अधिकारी आचार्यको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय तथा स्थानीय तहका पञ्जीकरण शाखाका कर्मचारीको टोलीले सेवा प्रदान गरेको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन तथा पूर्वअध्यक्ष डमबहादुर पुनले घुम्ती शिविरले पोखरामा बसोबास गर्ने म्याग्दीवासीलाई सेवा लिन जिल्ला सदरमुकाम बेनीसम्म आउनुपर्ने बाध्यता हटाउँदै समय र खर्च दुवै बचत भएको बताए ।

शिविरमा विसं २०७७ कात्तिक २४ गतेदेखि २०८० असार मसान्तसम्म जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराइ हालसम्म परिचयपत्र नलिएका तथा म्याग्दी स्थायी ठेगाना भई हाल पोखरामा बसोबास गर्ने नागरिकलाई प्राथमिकतामा राखेर सेवा प्रदान गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराए पनि हालसम्म लिन नआएका १० हजारभन्दा बढी परिचयपत्र वितरणलाई तीव्रता दिन तथा प्रशासनिक सेवा नागरिकको पहुँचमै पुर्‍याउने उद्देश्यले यस्ता घुम्ती शिविर सञ्चालन गर्न थालिएको हो ।

Leave a Reply