२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानसिक स्वास्थ्य सेवा विस्तारका लागि संघदेखि स्थानीय तहसम्म संयन्त्र परिचालन गरिँदै

अ+ अ-

काठमाडौँ । मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतना अभिवृद्धिका कार्यक्रमलाई देशभर विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य संरचना परिचालन गर्ने भएको छ।

मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सेवा पहुँच विस्तार र समुदाय स्तरमा सचेतना फैलाउने उद्देश्यसहित मन्त्रालयले समन्वयात्मक अभियान सञ्चालन गर्ने तयारी गरेको हो।

यस विषयमा मन्त्रालयका सचिव डा. विकास देवकोटाको अध्यक्षतामा भएको भर्चुअल बैठकमा मन्त्रालयअन्तर्गतका महाशाखा तथा केन्द्रका प्रमुख, सातै प्रदेशका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालयका निर्देशक र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधिहरू सहभागी थिए।

बैठकले विद्यमान स्वास्थ्य प्रणालीमार्फत मानसिक स्वास्थ्यसम्बन्धी सूचना, परामर्श र सेवाका कार्यक्रमलाई समुदायसम्म पुर्‍याउने निर्णय गरेको छ। विद्यालय तहमा मानसिक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्ने, समुदायमा आधारित सचेतना कार्यक्रम सञ्चालन गर्ने, उपचाररत व्यक्तिलाई आवश्यक सहजीकरण गर्ने तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई परामर्श सेवासँग जोड्ने योजना अघि सारिएको छ।

मन्त्रालयका अनुसार मानसिक स्वास्थ्य सेवासम्बन्धी जानकारी र सहयोगलाई सहज बनाउन मानसिक स्वास्थ्य हटलाइन ११६६ तथा हेलो स्वास्थ्य १११५ सहित स्वास्थ्य संस्थाका सम्पर्क माध्यमको व्यापक प्रचार गरिनेछ। जनचेतनाका लागि सामाजिक सञ्जाल, डिजिटल सामग्री, पोस्टर, भिडियो सन्देश, मोबाइल रिङ ब्याकटोन, टिकटक रिल तथा अनलाइन परामर्शजस्ता माध्यम प्रयोग गरिने भएका छन्।

अभियानलाई प्रभावकारी बनाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा समूह, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका जनशक्तिलाई समेत समेटेर परिचालन गर्ने निर्णय भएको छ। योग, ध्यान र मनोसामाजिक सेवाजस्ता आयुर्वेदसम्बन्धी अभ्यासलाई पनि अभियानसँग जोडिनेछ।

मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको पहुँचबारे जानकारी विस्तार गर्ने, आवश्यक औषधिको उपलब्धता सुनिश्चित गर्ने र मानसिक स्वास्थ्य सेवालाई नियमित स्वास्थ्य सेवाको प्रणालीभित्र समाहित गर्ने जनाएको छ। आवश्यकताअनुसार अस्पतालमा साइकोसोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारीसमेत अघि बढाइनेछ।

बैठकले मानसिक स्वास्थ्य क्षेत्रमा तालिम प्राप्त जनशक्तिको विवरण अद्यावधिक गरी परिचालन गर्ने, उपचारबाट छुटेका बिरामीको पहिचान गरी पुनः सेवामा ल्याउने, उपचारको पहुँचबाहिर रहेका व्यक्तिहरूको खोजी गर्ने तथा छात्रवृत्ति प्राप्त चिकित्सक परिचालनका लागि आवश्यक मापदण्ड बनाउने निर्णयसमेत गरेको छ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षभित्र प्रारम्भिक कार्यक्रम सुरु गरिनेछ भने आगामी आर्थिक वर्षको सुरुवातदेखि अभियानलाई थप व्यवस्थित र देशव्यापी रूपमा विस्तार गरिनेछ। मानसिक स्वास्थ्यलाई केवल अस्पतालमा सीमित नभई समुदायमा आधारित सेवा र परामर्श प्रणालीसँग जोडेर अघि बढाउने मन्त्रालयको योजना छ।

Leave a Reply