२८ असार २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी

अ+ अ-

काठमाडौँ । बागलुङ बजारको खानेपानी समस्या समाधान लागि लिफ्टिङ आयोजना सुरु गरेको आठ वर्ष बित्यो । अघिल्लो वर्ष नै आयोजनाको ९६ प्रतिशत काम सकिए पनि अहिलेसम्म निर्माण कम्पनीले नगर खानेपानी संस्थालाई हस्तान्तरण गर्न सकेको छैन । 

अहिले बागलुङ बजारका धारामा धमिलो पानी आउँदा स्थानीयले शुद्धीकरण नगरी पिउन सक्दैनन् । खानेपानी तथा ढल निकास विभागमार्फत काठेखोलाबाट लिफ्ट गरी बजारमा पानी ल्याउनका लागि २०७५ सालमा ठेक्का लगाएको थियो । विसं २०७७ मा सक्ने गरी ‘कन्काई, जयमाता जेभीले रु ३० करोड २६ लाखमा जिम्मा लिएको थियो । तोकेको समयमा काम नसकेपछि लागत बढेर रु. ३४ करोड ६५ लाख लागत मूल्य पुर्‍याइसकेको छ । तर निर्माण कम्पनीले अझै योजना हस्तान्तरण गर्न सकेको छैन ।

खानेपानी संस्थालाई आयोजना हस्तान्तरण नगर्दा हरेक वर्ष रु ८० लाख नोक्सानी व्यहोर्नुपरेको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष हरिबहादुर जिसीले बताए । अहिले बागलुङ बजारमा संस्थाले दैनिक ब्लिचिङ पाउडर राखेर मात्र पानी वितरण गर्दै आएको उनको भनाइ छ ।

अध्यक्ष जिसीले भने, “बागलुङ बजारवासीले वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका छन्, पहिलेको तुलनामा अहिले नियमित पानी वितरण गर्न त सकेका छौँ तर शुद्ध पानी अझै पनि वितरण गर्न सकेका छैनौँ, लिफ्टिङ आयोजना हस्तान्तरण नहुँदा धमिलो पानी उपभोक्ताका धारामा पठाउन बाध्य छौँ ।”

यो आयोजनाका लागि अहिलेसम्म काठेखोलामा पाँच वटा पानी थिग्राउने ट्यांकी बनाइएको छ भने पाँच लाख लिटरको एउटा र दुई लाख लिटरका दुई आरबीटी ट्यांकी बनाइएको अध्यक्ष जिसीले जानकारी दिनुभयो । दुई वटा स्लोसेन्ट ट्यांकी बनाइएको छ । 

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा यो आयोजना निर्माणाधीन छ । तीस प्रतिशत लगानीको २५ प्रतिशत नगर विकास कोषको ऋण सहयोगसमेत जुटाइएको छ । यो आयोजना निर्माण नसकिए पनि उपभोक्ता समितिले वर्षमा रु. ८० लाख सावा ब्याज भुक्तानी गर्दै आएको छ । यो आयोजनाबाट बागलुङ बजारमा चार हजार १०० धारा जडान भएका छन् ।

स्थानीय पीताम्बर आचार्यले बागलुङ बजारवासीले धमिलो पानी उपभोग गर्न थालेको दशकौँ भएको बताए। कहिले खानेपानी संस्थाका कारण त कहिले निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा बजारवासीले शुद्ध पानी पिउन नपाएको उनले गुनासो गरे । धारामा आउने पानी पिउन र सरसफाइ गर्नसमेत योग्य नभएको उनको भनाइ छ ।

Leave a Reply