काठमाडौँ । सशस्त्र प्रहरी बलका दुई जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित केही सुरक्षाकर्मीलाई मुख्यालय बोलाई आन्तरिक छानबिन सुरु गरिएको छ।
सशस्त्र प्रहरी बलका अनुसार संगठनको आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लागेपछि सम्बन्धित कर्मचारीलाई हल्चोकस्थित प्रहरी प्रधान कार्यालयमा झिकाइएको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी नेत्रबहादुर कार्कीले नियमित प्रक्रियाअन्तर्गत केही सुरक्षाकर्मीलाई अनुसन्धानका लागि मुख्यालयमा बोलाइएको पुष्टि गरे। उनले विभिन्न दर्जाका सुरक्षाकर्मीमाथि छानबिन भइरहेको जानकारी दिए।
प्रवक्ता कार्कीले घटनासँग सम्बन्धित सुरक्षाकर्मीको नाम, संख्या र थप विवरण भने सार्वजनिक गर्न चाहेनन्। उनले प्रारम्भिक छानबिनपछि आवश्यक निर्णय लिइने बताए।







