काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सहभागी भएका छन्। प्रधानमन्त्री शाह प्रश्नोत्तर कार्यक्रममा सहभागी भएको जेठ १७ गतेपछि पहिलो पटक संसद् बैठकमा उपस्थित भएका हुन्।
प्रधानमन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि प्रतिनिधि सभा बैठकमा सहभागी भएका छन्।
यसअघि संसद् बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाउँदै आएका छन्। उक्त विषयमा उनीहरूको विरोध र आपत्ति अझै जारी रहेको जनाइएको छ।
प्रतिनिधि सभाको पछिल्लो बैठकमा प्रधानमन्त्रीको उपस्थितिलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। संसद् गतिविधि र सरकार-प्रतिपक्ष सम्बन्धका विषयमा देखिएको बहसबीच प्रधानमन्त्रीको सहभागिता भएको हो।







