३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपाली प्रकरणमा सांसद सुनारको जवाफ, विगतका घटनामाथि उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले गणेश नेपालीको आत्मदाह घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई न्याय दिलाउन आवश्यक पहल भइरहेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुनारले नेपालीलाई बचाउने प्रयासस्वरूप आफूहरूले गृहमन्त्रीसँग समन्वय गरी निरन्तर पहल गरे पनि सफल हुन नसकेको बताए। उनले घटनामा संलग्न पक्षमाथि छानबिन र कारबाही प्रक्रिया अघि बढाउन सरकारले पहल गरेको भन्दै धन्यवाद व्यक्त गरे।

उनले आफूहरूमाथि प्रश्न उठाउने विपक्षी दलका नेताहरूप्रति लक्षित गर्दै विगतका घटनामा उनीहरूको भूमिकाबारे समेत प्रश्न उठाए। सुनारले रुकुम पश्चिमको सोती घटनामा ६ जनाको ज्यान गएको प्रसंग उल्लेख गर्दै त्यतिबेला न्याय र जवाफदेहिताका विषयमा आवाज उठाउनेहरूको भूमिकामाथि प्रश्न गरे।

सांसद सुनारले राजनीतिक आलोचनामा समान मापदण्ड हुनुपर्ने धारणा राख्दै अहिले गरिएका टिप्पणीहरू विगतका घटनासँग पनि जोडेर हेर्नुपर्ने बताए।

उनले आफूले विगतमा भोगेको संघर्ष र अवस्थालाई स्मरण गर्दै आफ्नो परिवार वा व्यक्तिगत लाभका लागि नभई सामाजिक न्यायका विषयमा आवाज उठाइरहेको दाबी गरे।

सुनारले गणेश नेपालीको परिवारलाई सरकारले आवश्यक सहयोग र जिम्मेवारी लिनुपर्ने धारणा पनि राखे। घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन राज्यका निकाय सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

0 Comments