३० असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार जरिवाना

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाणको सजाय निर्धारण भएको छ । काठमाडौँ जिल्ला अदालतले मंगलबार खाणलाई दुई वर्ष कैद सजायसहित २० हजार रुपैयाँ जरिबाना तोकेको हो ।

सजाय निर्धारणका लागि भएको सुनुवाइपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणको हकमा अन्तिम सजाय निर्धारण गरेको हो ।

अदालतले विभिन्न कसुरअनुसार छुट्टाछुट्टै सजाय तोकेको छ । ठगीसम्बन्धी कसुरमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिबाना, संगठित अपराधमा एक वर्ष ६ महिना कैद तथा १५ हजार रुपैयाँ जरिबाना निर्धारण गरिएको छ ।

यस्तै, राज्यविरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना तोकिएको छ भने थप तीन महिनाको कैद सजाय पनि कायम गरिएको छ । सबै कसुरको एकीकृत सजाय गणना गर्दा खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना हुने अदालतले निर्धारण गरेको हो ।

यसअघि न्यायाधीश खड्काकै इजलासले असार २४ गते नक्कली शरणार्थीसम्बन्धी मुद्दामा फैसला गर्दै १६ जनालाई दोषी ठहर गरेको थियो भने सात जनालाई सफाइ दिएको थियो । उक्त फैसलापछि दोषी ठहर भएकाहरूको हकमा अदालतले क्रमशः सजाय निर्धारण गरेको हो ।

0 Comments