काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालतले चार वर्ष कैद सजाय तोकेको छ ।
अदालतले विभिन्न कसुरमा निर्धारण गरिएको सजायलाई एकीकृत गरी पाण्डेलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको हो ।
पाण्डेलाई ठगीसम्बन्धी कसुरमा दुई वर्ष कैद तथा २० हजार रुपैयाँ जरिबाना, संगठित अपराधतर्फ तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना तथा राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना तोकिएको थियो ।
अदालतले सबै कसुरको सजाय समायोजन गर्दै अन्तिम रूपमा चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिबाना कायम गरेको हो ।







