काठमाडौँ । जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-१० फगिरे चौराहामा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने एक जना पक्राउ परेका छन् ।
अन्दाजी ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरी घाइते बनाएका थिए ।
उपचारका लागि दोधारा चाँदनी अस्पताल लगिएकी सुनारको अवस्था गम्भीर भएपछि चिकित्सकले सुविधा सम्पन्न अस्पतालमा लग्न रिफर गरेकोमा घरमा लागि राखेपछि घरमै मृत्यु भएको हो । घटनामा संलग्न रत्नबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।







