काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले शिष्टाचार बिदाइ भेट गरेकी छन्।
राष्ट्रपति भवनमा भएको भेटका क्रममा नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटमा राष्ट्रपति पौडेलले राजदूत कोर्टेभालले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी जिम्मेवारी र भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए।
नेपाल–फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउन राजदूतको कार्यकालमा भएको सहकार्यको समेत स्मरण गरिएको थियो।







