३२ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, नियमन र सेवा विस्तारमा केन्द्रित हुन निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणमा चार जना सदस्य नियुक्त भएका छन्। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाको निर्णय अनुसार विभिन्न क्षेत्रगत जिम्मेवारी समेटिने गरी सदस्य नियुक्त गरिएको हो।

मन्त्रालयका अनुसार प्राधिकरणको लेखा तथा लेखा परीक्षण क्षेत्रतर्फ क्षेत्र गोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठलाई सदस्य पदमा नियुक्त गरिएको छ।

नवनियुक्त सदस्यहरूलाई जिम्मेवारी सम्हाल्नुअघि निर्देशन दिँदै सञ्चार मन्त्री डा. तिमिल्सिनाले दूरसञ्चार प्राधिकरण देशको सञ्चार क्षेत्रको विकास, विस्तार र नियमनसँग प्रत्यक्ष जोडिएको संवेदनशील निकाय भएको बताए।

उनले प्राधिकरणका निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको आगामी दिशा प्रभावित हुने भएकाले संस्थागत हित, सार्वजनिक उत्तरदायित्व र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

मन्त्री तिमिल्सिनाले जनहित विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै कार्यसम्पादन अपेक्षाअनुसार नभए सरकारले आवश्यक कदम चाल्न सक्ने स्पष्ट पारे।

उनले दूरसञ्चार सेवा प्रदायकहरूको प्रभावकारी व्यवस्थापन र नियमन प्राधिकरणको मुख्य दायित्व रहेको बताउँदै नागरिकले गुणस्तरीय, भरपर्दो र सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

0 Comments