काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका ३०, यान्त्रिक कारबाहीमा १२, संकेत बत्ती उल्लंघनकर्ता २६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ६६ जनालाई कारबाही गरिएको छ ।
यसैगरी, अवस्था ठिक नभएको सात, निषेधित क्षेत्रमा हर्न बजाउने ३२, सडक फुटपाथ पार्किङमा १९, एकतर्फीमा छ र अन्य सवारी नियम पालना नगरेका ३२३ जना रहेको जनाइएको छ ।







