२ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार

अ+ अ-

जनकपुरधाम । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको छ । हाल स्नातकोत्तर तहमा जनप्रशासन (एमपिए), कानुन संकायतर्फ स्नातक (बीए एलएलबी) र जनप्रशासन संकायतर्फ स्नातकमा जनव्यवस्थापन (बिपीएम) कक्षा सञ्चालन गर्दै आएको पर्साको वीरगञ्जस्थित मधेस विश्व विद्यालयले चालु शैक्षिक सत्रमा थप तीन वटा शैक्षिक कार्यक्रम विस्तार गर्न लागेको हो । 

मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि स्नातकोत्तर तहको मास्टर्स अफ बिजनेस एडमिनिस्ट्रसन (एमबिए)तथा स्नातक तहको ब्याचलर अफ ल (एलएलबी) र ब्याचलर अफ बिजनेस एडमिनिष्ट्रिसन (बिबिए) को पठनपाठन सुरु गर्न लागेको छ ।

“तीन वटै संकायको पठनपाठनका लागि पाठ्यक्रम तयार भइसकेको छ”, रजिष्ट्रार यादवले भने, “यही शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्ने गरी तयारी भएको छ । छिट्टै यसबारे हामीले सूचना प्रकाशन गर्ने छौँ ।” विश्वविद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीको आकर्षण बढ्दै गएपछि थप शैक्षिक कार्यक्रम विस्तार गर्न लागिएको उनले बताए ।

विसं २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन, २०७९ जारी भई २०७९ भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले पहिलो एक वर्षमा दुई वटा संकायको पठनपाठन सुरु गरेको थियो । विश्वविद्यालयले वीरगञ्जस्थित नेसनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन सकिने मान्यताअनुरुप मधेस विश्वविद्यालयलाई प्रदेशमा पहिलो मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्रको स्थापना गर्ने लक्ष्य रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपकबहादुर शाक्यले बताए। 

“हामीले सञ्चालन गरेको कक्षाहरूमा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएका छौँ”, उपकुलपति प्रा. डा. शाक्यले भने, “आगामी दिनमा मेडिकल, ल्याब टेक्निसियन, फिजियोथेरापीलगायत चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षा पनि सञ्चालन गर्ने लक्ष्य राखेका छौँ ।” तत्कालका लागि वीरगञ्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पतालाई आधार बनाएर चिकित्साशास्त्रमा एमबिबिएस कक्षा सञ्चालन गर्ने योजना बनाएर प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गरिने तयारी भएको उनको भनाइ छ । 

मधेस विश्वविद्यालयको उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने दृष्टिले ‘एमफिल पिएचडी’सँगै फार्मेसी र विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य लिएको उपकुलपति प्रा. डा. शाक्यले जानकारी दिए

मधेस प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा सहज पहुँच विस्तार गर्दै शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने उद्देश्यका साथ दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्रदेशमा पहिलो ‘मधेस सीप स्कुल’ स्थापना गर्ने योजना रहेको उनले बताए । 

0 Comments