४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परम्परागत सीपको संरक्षणमा जोड दिँदै हेटौँडा उपमहानगर

अ+ अ-

बागमती । हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड दिने भएको छ ।

उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा ‘हातको सीपले जीविका मात्र होइन पुस्तौँदेखिको संस्कृतिलाई पनि जोगाउँछ’ भन्ने भावलाई अङ्गीकार गर्दै विभिन्न समुदायको परम्परागत सीप, कला र पेसाको संरक्षण तथा सामग्री उत्पादन र बजारीकरणका लागि सहयोग र सहजीकरण गरिने उल्लेख गरेको छ ।

‘उद्यमशील हात: समृद्धिको सुरुआत’ नीतिअन्तर्गत नयाँ उद्यमीलाई प्रविधिमा सहयोग तथा सीपसम्बन्धी ज्ञान प्रदान गरिने नगरप्रमुख मीनाकुमारी लामाले बताइन् । गुन्द्रुक, मस्यौरा, ढाका, अबिर, केशरी, ड्रयागन, मेवा, केराको रेसा, खुवा, काष्ठ ठेकीलगायतका उद्योगबाट हुने उत्पादनको लेवलिङ, ब्रान्डिङ तथा बजारीकरण गर्न सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

विभिन्न संघसंस्थासँगको सहकार्यमा नव उद्यमी प्रवर्द्धन गर्न सीप विकास, व्यवसाय विस्तार र बजारीकरणमा उपमहानगरपालिकाले जोड दिएको छ । ‘सशक्त महिला, समृद्ध समाज’मा जोड दिँदै महिला सशक्तीकरणका लागि महिलाका नाममा उत्पादनमूलक उद्योग व्यवसाय नि:शुल्क दर्ता गर्ने व्यवस्था गरिने नगरप्रमुख लामाले बताइन् । कम्तीमा १५ व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने गरी नयाँ दर्ता हुने उद्यम व्यवसायलाई पहिलो वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने उपमहानगरको योजना छ ।

‘स्थानीय उत्पादन र उद्यमीको भर, हेटौँडा उपमहानगरपालिकाको कोसेली घर’ भन्ने नीतिअनुरूप विभिन्न उद्यमी समूहबाट उत्पादन भएका सामग्रीको प्रदर्शन तथा बिक्रीको व्यवस्थाका लागि हेटौँडा उपमहानगरपालिका–१० मा सञ्चालनमा रहेको कोसेली घर चालु आवमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने नगरप्रमुख लामाले बताइन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमसँगको सहकार्यमा एक वडा एक उद्यम कार्यक्रमलाई निरन्तरता दिई थप वडामा विस्तार गरिने उनले बताइन् ।

0 Comments