४ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप १ हजार २५० मेट्रिक टन डिएपी मल नेपाल भित्रिँदै

अ+ अ-

काठमाडौँ । रासायनिक मलको आपूर्ति व्यवस्थापनअन्तर्गत थप १ हजार २५० मेट्रिक टन डिएपी मल नेपाल आइपुग्ने भएको छ ।

सरकारले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत खरिद गरेको ३० हजार मेट्रिक टन डिएपी मल भारतको कोलकाता बन्दरगाहमा गत १० जुलाईमा पुगेको थियो । सोही मौज्दातमध्ये एक हजार २५० मेट्रिक टन मल नेपालतर्फ ढुवानीका लागि पठाइएको र उक्त परिमाणको मल छिट्टै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

बाँकी डिएपी मलको कोलकाता बन्दरगाहमै प्याकेजिङ प्रक्रिया जारी रहेको छ । प्याकेजिङ सम्पन्न भएको अर्को खेपसमेत वीरगन्जतर्फ पठाउने तयारी गरिएको र क्रमशः अन्य परिमाण नेपाल भित्र्याइने बताइएको छ ।

यसैगरी, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ । उक्त मलको अनलोडिङ तथा प्याकेजिङ कार्य भइरहेको र त्यसपछि वीरगन्जका लागि ढुवानी प्रक्रिया अघि बढाइने कृषि सामग्री कम्पनीबाट जानकारी प्राप्त भएको छ ।

कृषि उत्पादनका लागि आवश्यक रासायनिक मलको उपलब्धता सुनिश्चित गर्न आयात भएका खेपलाई चरणबद्ध रूपमा नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ ।

0 Comments