काठमाडौँ । अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिम कार्ड, ल्यापटप र मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कालिकोटका टेकेन्द्र शाही, बर्दियाका विश्व रेग्मी, अजय महतरा र बाँकेका आदित्य वाल्मीकि रहेका छन्।
उनीहरूले विभिन्न सट्टेबाजी एप एवं वेबसाइट प्रयोग गरी अनलाइन जुवा खेलाएको पाइएको छ। उनीहरूले मोबाइल बैंकिङसमेतबाट रु. एक करोड ९६ लाख तीन हजार ५१९ बराबरको कारोबार गरेको खुल्न आएको छ। उनीहरूको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







