काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ जान लागेका एक भारतीय नागरिकलाई नक्कली सरकारी छाप प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साउन १ गते हङकङ प्रस्थानका लागि विमानस्थल पुगेका भारतको आसाम स्थायी ठेगाना भएका ३९ वर्षीय लीला रानाको राहदानी परीक्षणका क्रममा अध्यागमन कार्यालय गौचरको आगमन छाप नक्कली रहेको फेला परेको थियो।
त्यसपछि उनलाई लिखत सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका लीला रानालाई सरकारी छाप कीर्ते गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ।







