५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनमै दोस्रो पटक बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट ५० रुपैयाँसम्म वृद्धि

अ+ अ-

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले साउन महिनाको सुरुआतसँगै दोस्रो पटक अन्डाको फार्म मूल्य बढाएको छ। चार दिनको अन्तरमा गरिएको मूल्य समायोजनपछि सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँसम्मले वृद्धि भएको छ।

संघका अनुसार देशभरका अन्डा उत्पादक किसानको राय, सुझाव तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो। यसअघि साउन १ गते बसेको बैठकले साउन २ देखि लागू हुने गरी मूल्य वृद्धि गरेको थियो। त्यसको चार दिनपछि पुनः साउन ५ गते बसेको बैठकले अर्को मूल्य समायोजन गर्दै साउन ६ देखि लागू हुने नयाँ दर सार्वजनिक गरेको छ।

संशोधित मूल्य सूचीअनुसार एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ४६५ रुपैयाँबाट बढाएर ५१५ रुपैयाँ कायम गरिएको छ। ठुलो आकारको अन्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ भने मिडियम अन्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, सानो आकारको अन्डाको मूल्यमा प्रतिपेटी २०० रुपैयाँ वृद्धि गरी २ हजार ९ सय रुपैयाँ कायम गरिएको संघले जनाएको छ।

नयाँ मूल्य समायोजनसँगै उपभोक्ताका लागि अन्डाको खुद्रा बिक्री मूल्य प्रतिगोटा २५ रुपैयाँ निर्धारण गरिएको छ।

संघका सचिव मदन पोखरेलले उत्पादन लागतमा भएको वृद्धि र बजारको वर्तमान अवस्थालाई ध्यानमा राख्दै किसानको हित संरक्षणका उद्देश्यले समर्थन मूल्य पुनर्निर्धारण गरिएको बताएका छन्।

0 Comments