५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधाममा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि अध्ययन समितिको सिफारिस

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशमा मिर्गौला रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न जनकपुरधाममा विशिष्टीकृत उपचार केन्द्र स्थापना गर्न सम्भाव्यता अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले प्राविधिक अवस्था, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, आर्थिक सम्भाव्यता तथा सामाजिक प्रभावको मुल्यांकन गर्दै संघीय र प्रदेश सरकारको साझेदारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाममार्फत केन्द्र सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो।

समितिको प्रतिवेदनमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-मुजेलियामा सार्वजनिक मोडलमा आधारित मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्ने प्रस्ताव गरिएको छ। उक्त आयोजनालाई ६ देखि १० वर्ष अवधिको मध्यमकालीन परियोजनाका रूपमा अघि बढाउन र स्वास्थ्य क्षेत्रको सामाजिक प्राथमिकताभित्र राखेर कार्यान्वयन गर्न सुझाव दिइएको छ।

नेपाल सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रममा क्यान्सर र मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार सेवा प्रदेश तहसम्म विस्तार गर्ने नीति समेटिएपछि मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि समिति गठन गरेको थियो। वरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. विक्रम वीर वज्राचार्यको संयोजकत्वमा गठित समितिमा डा. कल्पना कुमारी श्रेष्ठ, डा. धिरज नारायण मानन्धर, डा. हेमन्त चन्द्र ओझा र मन्त्रालयका उपसचिव ईश्वरीप्रसाद ढकाल सदस्य-सचिव रहेका थिए।

समितिले मधेश प्रदेशका विभिन्न स्वास्थ्य संस्थाको अवस्था अध्ययन गर्दै सरोकारवाला निकायसँग छलफल र प्राविधिक विश्लेषण गरेको थियो। अध्ययनका क्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, बर्दिबास नगर अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल, रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, प्रादेशिक अस्पताल मलंगवा तथा नारायणी अस्पतालको सेवा क्षमता र आवश्यकताको मुल्यांकन गरिएको थियो।

प्रतिवेदनले नेपालमा करिब ६ दशमलव २ प्रतिशत नागरिक कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित रहेको उल्लेख गरेको छ। मधेश प्रदेशमा विशेषज्ञ नेफ्रोलोजिस्टको संख्या न्यून हुनुका साथै हेमोडायलाइसिस सेवा, अत्याधुनिक उपचार सुविधा र प्रत्यारोपण सेवाको पहुँच सीमित रहेको समितिको निष्कर्ष छ।

हाल प्रदेशका धेरै बिरामीले मिर्गौला उपचारका लागि काठमाडौँलगायत अन्य प्रदेशका स्वास्थ्य संस्थामा निर्भर हुनुपर्ने अवस्था रहेको भन्दै समितिले प्रदेशमै विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक रहेको औँल्याएको छ।

केन्द्र सञ्चालनका लागि समितिले संघीय सरकार, प्रदेश सरकार र दुवै तहको संयुक्त सहकार्य गरी तीनवटा सम्भावित सञ्चालन मोडलको अध्ययन गरेको थियो। अध्ययनपछि संघ-प्रदेश साझेदारीमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा सञ्चालन गर्ने विकल्पलाई प्रभावकारी र दीर्घकालीन रूपमा उपयुक्त ठहर गरिएको हो।

प्रतिवेदनमा संघ र प्रदेशबीच स्रोत व्यवस्थापन, विशेषज्ञ जनशक्ति परिचालन तथा संस्थागत स्थायित्व कायम गर्न उक्त मोडल सहज हुने उल्लेख गरिएको छ। साथै केन्द्रको कार्यान्वयन र व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा विशेषज्ञ सहभागिता रहने अस्पताल विकास समिति गठन गरी परियोजना अघि बढाउने प्रस्ताव समेत गरिएको छ।

समितिले जनकपुरधाममा मिर्गौला उपचार केन्द्र स्थापना भए मधेश प्रदेशका नागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय विशेषज्ञ सेवा प्राप्त गर्ने, काठमाडौंमा केन्द्रित उपचारको दबाब घट्ने र प्रदेशको स्वास्थ्य प्रणाली थप व्यवस्थित तथा सुदृढ हुने अपेक्षा गरेको छ।

0 Comments