६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी गरेको छ । 

महानगरले मंसिर अगाडी नै फोहोर स्थानान्तरण केन्द्र निर्माण सम्पन्न गरी मंसिरबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। 

निर्माणाधीन केन्द्रको बुधवार अवलोकनपछि कार्यवाहक प्रमुख डंगोलले केन्द्र सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनलाई आधुनिक र व्यवस्थित बनाइने बताइन् । उनकाअनुसार हाल अधिकांश स्थानमा खुला रूपमा फोहोर छुट्याउने काम भइरहेको छ । यसले प्रदूषण र स्वास्थ्य जोखिम बढेकोले महानगरले टेकुमा आधुनिक स्थानान्तरण केन्द्र निर्माण गर्न लागेको उनले जानकारी दिइन् ।

 यस केन्द्रमा यान्त्रिक प्रणालीमार्फत फोहोर वर्गीकरण गर्ने उनले बताइन् । उनकाअनुसार केन्द्रमा मेटेरियल रिकभरी फेसिलिटी रहनेछ, जहाँ जैविक र अजैविक फोहोर छुट्याइनेछ । अजैविक फोहोर पुनः प्रयोगको लागि पठाइने र जैविक फोहोर बञ्चरेडाँडातर्फ व्यवस्थापन गरिने उनले जानकारी दिइन्। उनले जैविक फोहोरहरूलाई कम्पोष्ट मल बनाउन उपयोग गर्नेतर्फ पनि योजना बनाएको बताइन्।

उनले भनिन्, ‘हामी यो टेकुको बन्दै गरेको फोहोर स्थानान्तरण(ट्रान्सफर स्टेसन)केन्द्रमा छौँ । यो स्थानान्तरण केन्द्रको मुख्य उद्देश्य भनेको नै जैविक र अजैविक फोहोरलाई छुट्याउने हो । साथै, अजैविक फोहोरलाई यहाँबाट पुन:प्रयोगका लागि पठाइनेछ भने जैविक फोहोरलाई हामीले बञ्चरेडाँडामा लग्ने फोहोरसँगै पठाइनेछ । अहिले धेरैजसो ठाउँमा खुला तरिकाले फोहोर छुट्याउने काम भइरहेको छ । तर यसरी खुला रूपमा फोहोर छुट्याउँदा प्रदूषण, जोखिम तथा अन्य धेरै पक्षबाट सुरक्षित हुँदैन । 

त्यसैले यसलाई व्यवस्थित गर्नका लागि यो स्थानान्तरण केन्द्र निर्माण भइरहेको हो । यस केन्द्रमा सामग्री मेटेरियल रिकभरी सुविधा पनि रहनेछ । अहिले स्थानान्तरण केन्द्रमा फोहोर छुट्याउने काम मानिसहरूले हातैले गरिरहेका छन् । अब भने यहीँबाट यान्त्रिक विधिबाट पनि फोहोर छुट्याउने योजना रहेको छ । निर्माण सम्पन्न भएपछि यान्त्रिक फोहोर छुट्याउने प्रणाली सञ्चालनमा ल्याइनेछ । यसको अर्को मुख्य उद्देश्य भनेको बञ्चरेडाँडामा जाने फोहोरको मात्रा घटाउनु पनि हो । साथै, फोहोरमा रहेका अजैविक पदार्थलाई पुन:प्रयोगका लागि पठाउने र जैविक फोहोरलाई अन्य उपयोगमा ल्याउन सकिने बनाउने उद्देश्य पनि रहेको छ । त्यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा फोहोरलाई सही ठाउँमा छुट्याउने व्यवस्था गर्नु हो, जुन अहिले निर्माण भइरहेको छ । यो आयोजना मङ्सिरसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । तर मङ्सिरभन्दा अगाडि नै सकेसम्म छिटो निर्माण सम्पन्न गरी यहाँबाट काम सञ्चालन गर्ने उद्देश्य पनि रहेको छ ।’

उनकाअनुसार केन्द्र सञ्चालनमा आएपछि बञ्चरेडाँडा पुग्ने फोहोरको मात्रा पनि घट्नेछ । बुधवार कार्यवाहक प्रमुख डंगोलले उक्त स्थानान्तरण केन्द्रको स्थलगत अनुगमन गरेकी हुन् । 

0 Comments